एनआईसी एशिया बैंक र ओम हस्पिटलबिच विशेष छुटसम्बन्धी सम्झौता

  • images
  • लोक पथ
  • शुक्रबार​ २ साउन २०८२ १२:१९ PM

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेड र ओम हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिबिच बैंकका ग्राहकहरूलाई स्वास्थ्य सेवामा विशेष छुट प्रदान गर्ने सम्झौता सम्पन्न भएको छ । सम्झौताअनुसार अब एनआईसी एशिया बैंकका ग्राहकहरूले ओम हस्पिटलमा उपचार गरी बैंकको डिजिटल माध्यममार्फत भुक्तानी गर्दा १० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन् ।