सुर्खेत । चिङ्गाड गाउँपालिका–३ स्थित सल्यानगैराको सडकमा शुक्रबार दिउँसो ट्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने दुई जना घाइते भएका छन् । मटेला बजारबाट सल्यानगैरातर्फ जाँदै गरेको ना.७ त २२७८ नम्बरको ट्याक्टर अनियन्त्रित भई झण्डै २०० मिटर तल खसेर दुर्घटना भएको हो ।