काठमाडौं । प्रतिनिधि सभा विघटन भएपछि संघीय संसदमा रहेका ३० वटा विधेयकमध्ये ५ वटा विधेयक हाल पनि राष्ट्रिय सभामा विचाराधीन अवस्थामा रहेका छन् । राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिका सचिव मनोजकुमार गिरीका अनुसार ती सबै विधेयक राष्ट्रिय सभामै उत्पत्ति भएका हुन् ।