एमएडब्लु वृद्धि मोटर्सद्वारा डोङफेङ ‘नामी’ ईभीमा ११ वर्षको एक्टेन्डेड वारेन्टी घोषणा

२० फागुन, काठमाडौँ। नेपालका लागि डोङफेङ नामी इलेक्ट्रिक सवारी साधनको आधिकारिक आयातकर्ता तथा वितरक एमएडब्लु वृद्धि मोटर्स प्रा. लि.ले नामी बक्स र नामी भिगोका लागि ‘एमएडब्लु वृद्धि एक्टेन्डेड वारेन्टी कार्यक्रम’ सार्वजनिक गरेको छ। डोङफेङका इभी सवारी साधनहरूमा ब्याट्री र मोटरमा ८ वर्ष वा २,००,००० किलोमिटर (जुन पहिले आउँछ) को स्ट्यान्डर्ड उत्पादक वारेन्टी उपलब्ध छ।