२० फागुन, काठमाडौँ। आईसीसी टी–२० विश्वकपको पहिलो सेमिफाइनलमा आज न्युजिल्याण्ड र दक्षिण अफ्रिकाको खेल हुँदैछ । आज हुने खेल भारतको इडेन गार्डेन कोलकातामा नेपाली समय अनुसार साँझा सवा ७ बजे सुरु हुनेछ । जारी विश्वकपमा न्युजिल्याण्ड र दक्षिण अफ्रिकाबीच दोस्रो पटक खेल हुन लागेको हो ।