निर्वाचन बिदामा पनि बैंक खुला रहने: राष्ट्र बैंकद्वारा सीमित बैकिङ सेवा सञ्चालन गर्न निर्देशन

२० फागुन, काठमाडौँ। नेपाल राष्ट्र बैंकले निर्वाचनको बिदाका दिन पनि सीमित बैकिङ सेवा सञ्चालनमा राख्न निर्देशन दिएको छ । राष्ट्र बैंकले सीमित बैकिङ कारोबार खुला राख्न निर्देशन दिएको हो। फागुन २१ गतेका दिन हुने प्रतिनिधि सभा सदस्यको आमनिर्वाचनलाई मध्यनजर गरी सरकारले तीन दिन सार्वजनिक बिदा दिएको छ।