टी-२० शृङ्खलाको अन्तिम खेल आज नेपाल र वेस्ट इन्डिज ‘ए’ भिड्दै

काठमाडौ - नेपालले पाहुना टोली वेस्ट इन्डिज ‘ए’ संगको पाँच खेलको टी-२० शृङ्खलाको अन्तिम खेल आज खेल्दैछ। यो खेल टियु क्रिकेट मैदानमा सबा १२ बजे सुरु हुनेछ।

पाँच खेलको शृङ्खलामा तीन खेल जितेको वेष्ट इन्डिज ए ले एक खेल अगावै ३-१ ले उपाधि आफ्नो पक्षमा पारिसकेको छ। टी-२० विश्वकप क्रिकेटको तयारीमा रहेको नेपालले त्यसको तयारी स्वरुप घरेलु मैदानमा शृङ्खला खेलेको हो।