जसपा फुटको असर मधेसमा, आकस्मिक बैठक बस्दै

काठमाडौँ - जनता समाजवादी पार्टी जसपा नेपाल विभाजित भएपछि मधेश प्रदेश तरङ्गित भएको छ । केन्द्रमा पार्टी विभाजन भए लगत्तैको अवस्थाबारे छलफल गर्न मुख्यमन्त्री तथा संसदीय दलका नेता सरोज कुमार यादवले दलको बैठक बोलाएका छन् ।

यादवले अहिले बिहान ८ बजे आकस्मिक बैठक बोलाएका हुन् । बैठक मधेश भवनमा बस्नेछ । मधेशमा जसपा नेतृत्वको सरकार छ । जसपासँग १९ सांसद छन् । विभाजनमा कुनै पनि सांसदले साथ नदिने संस्थापन पक्षको दावी छ ।

जसपा विभाजनसँगै केन्द्रमा गठबन्धनको सरकार सुरक्षित बने पनि मधेशमा गठबन्धन फेरबदलको खतरा बढेको छ । मधेशमा १०७ सांसद छन् । पाँचौं पटक मुख्यमन्त्री यादवले विश्वासको मत लिदा ६१ सांसद पक्षमा उभिएका थिए ।