जलवायु परिवर्तनको असरले बरफमा परिणत हुँदै हिमनदीहरु 

 काठमाडौँ - भेनेजुएला आफ्ना सबै हिमनदीहरू गुमाउने अवस्थामा पुगेको छ । जलवायु वैज्ञानिकहरूले आफ्नो अन्तिम हिमनदीहरूलाई बरफ क्षेत्रमा परिणत गरेका छन् ।

इन्टरनेशनल क्रायोस्फियर क्लाइमेट इनिसिएटिभ आईसीसीआई, वैज्ञानिक वकालत गर्ने संस्थाले दक्षिण अमेरिकी राष्ट्रको एकमात्र बाँकी रहेको हिमनदी – हम्बोल्टमा– ‘ग्लेसियरको रूपमा वर्गीकृत गर्न धेरै सानो’ भएको छ । जलबायु परिवर्तनका कारण भेनेजुएलाले पछिल्लो शताब्दीमा कम्तिमा छ वटा अन्य हिमनदीहरू गुमाएको छ ।

जलवायु परिवर्तनका कारण विश्वको औसत तापक्रम बढेसँगै हिमनदीहरू निरन्तर पग्लिरहेका छन् । जसका कारण विश्वभर समुन्द्रको सतह निरन्तर बढिरहेको छ । २००० को दशकदेखि भेनेजुएलाको ग्लेसियरमा धेरै बरफ छैन । डरहम विश्वविद्यालयका ग्लेशियोलोजिस्ट डा क्यारोलिन क्लासनले भने । ‘यो अब जोडिएको छैन, त्यसैले यसलाई बरफ क्षेत्रको रूपमा पुनः वर्गीकृत गरिएको छ ।’

मार्चमा, कोलम्बियाको युनिभर्सिटी अफ लस एन्डिजका अन्वेषकहरूले भनेका थिए कि हिमनदी ४५० हेक्टरबाट मात्रै दुई हेक्टरमा संकुचित भएको थियो । युनिभर्सिटी इकोलोजिस्ट लुइस ड्यानियल लाम्बीले गार्डियनलाई भने कि यो अहिले त्यो भन्दा पनि कम छ ।