मकवानपुर । बागमती प्रदेशको खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालयका २५५ जना कर्मचारीको जिम्मेवारी हेरफेर गरिएको छ । मन्त्रालयले प्रदेशभरका विभिन्न निकायमा कार्यरत तथा पदस्थापन हुन बाँकी कर्मचारीहरूको जिम्मेवारी हेरफेर गरेको हो । मन्त्रालयको कात्तिक १९ गतेको सचिवस्तरीय निर्णयानुसार प्रदेश इन्जिनियरिङ सेवा, प्रदेश प्रशासन सेवा तथा अस्थायी दरबन्दीअन्तर्गतका गरी कुल २५५ जना कर्मचारीको पदस्थापन, सरुवा तथा कामकाज खटाउने निर्णय गरिएको हो । प्रदेशभित्र सञ्चालित खानेपानी, जलस्रोत, सिँचाइ, नदी नियन्त्रण तथा ऊर्जासम्बन्धी योजनाहरूको प्रभावकारी कार्यान्वयन र नयाँ संगठनात्मक संरचनाअनुसार जनशक्ति व्यवस्थापन गर्न यो फेरबदल गरिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयले इन्जिनियरिङ सेवाका १३३ प्राविधिक ... The post बागमतीको ऊर्जा मन्त्रालयका २५५ कर्मचारीको जिम्मेवारी हेरफेर appeared first on Kalika Khabar.