काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डीपी) अर्यालबीच भेटवार्ता भएको छ । राष्ट्रपति भवनमा आज भएको भेटमा संसद्को आगामी अधिवेशन आह्वान तथा संसद्लाई नियमित र प्रभावकारी रूपमा सञ्चालन गर्ने विषयमा छलफल भएको हो । सभामुखको सचिवालयका अनुसार भेटका क्रममा राष्ट्रपति पौडेलले संसद्मा धेरैभन्दा धेरै बहस र छलफल हुनुपर्नेमा जोड दिएका थिए ।