काठमाडौं : नेपाली कांग्रेस शेरबहादुर देउवा समूहका नेता डा. प्रकाशशरण महतले सर्वोच्च अदालतको पुनरावलोकनमार्फत आफूहरूले नै पार्टीको आधिकारिकता पाउने दाबी गरेका छन्।शनिबार कांग्रेस देउवा समूहको काठमाडौँ जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै महतले कांग्रेसको विचार, सिद्धान्त र आदर्शलाई आफूहरूले बोकिरहेको बताए। उनले नेपाली कांग्रेसको आत्मा शेरबहादुर देउवाले नेतृत्व गरेको कांग्रेसमा नै रहेको टिप्पणी गरे। ‘यो देशमा न्याय मरेको छैन भने, सर्वोच्च अदालतको रिभ्युमार्फत हामीले नै आधिकारिकता पाउँछौँ, महतले भ