न्युजिल्यान्डको आम निर्वाचनमा कुनै पनि दलको स्पष्ट बहुमत आएन, गठबन्धन सरकार बन्ने संकेत

  • आइबार​ २३ कात्िक २०८३ १२:०० AM
काठमाडौं : न्युजिल्यान्डको आम निर्वाचनमा कुनै पनि राजनीतिक दलले स्पष्ट बहुमत प्राप्त गर्न नसकेपछि नयाँ सरकार गठन अन्योलमा परेको छ । शनिबार सम्पन्न निर्वाचनको प्रारम्भिक मतपरिणामअनुसार प्रधानमन्त्री क्रिस्टोफर लक्सन नेतृत्वको मध्य-दक्षिणपन्थी नेसनल पार्टी सबैभन्दा ठूलो दल बने पनि सरकार गठनका लागि आवश्यक बहुमत जुटाउन सकेको छैन ।प्रारम्भिक नतिजाअनुसार नेसनल पार्टीले ४२ सिट जितेको छ । संसद्मा सामान्य बहुमतका लागि आवश्यक ६१ सिटभन्दा यो १९ सिट कम हो । विपक्षी क्रिस हिपकिन्स नेतृत्वको लेबर पार्टीले ३६