काठमाडौं : विश्वव्यापी तापक्रम वृद्धि पेरिस सम्झौताले तय गरेको १.५ डिग्री सेल्सियसको सीमा नाघे पृथ्वीका हिमाली र धु्रवीय क्षेत्रमा स्थायी क्षति पुग्ने चेतावनी ८० वैज्ञानिकहरूले दिएका छन्।हालै इन्टरनेसनल क्रायोस्फियर क्लाइमेट इनिसिएटिभ र संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रमको सहयोगमा ८० जना वैज्ञानिकले तयार पारेको प्रतिवेदनमा तापक्रम पुनः घटाएर १.५ डिग्रीमा झारे पनि पग्लिएका हिमनदी र धु्रवीय बरफ पुरानै अवस्थामा नफर्किने भएकाले तापक्रम बढेको अवधि जतिसक्दो छोटो बनाउनुपर्ने निष्कर्ष छ। दीर्घकालीन