न्युजिल्यान्ड निर्वाचन :  नेसनल ठूलो दल, लक्सन पुनः प्रधानमन्त्री बन्ने

  • आइबार​ २३ कात्िक २०८३ ०८:०० AM
रामहरि पाण्डे/ न्युजिल्यान्ड : न्युजिल्यान्डको सन् २०२६ को आमनिर्वाचनको प्रारम्भिक मत परिणामअनुसार वर्तमान प्रधानमन्त्री क्रिस्टोफर लक्सन नेतृत्वको नेसनल पार्टी संसद्मा सबैभन्दा ठूलो दल बनेको छ। प्रारम्भिक मत परिणामले आगामी तीन वर्षका लागि लक्सन नै पुनः प्रधानमन्त्री बन्ने सम्भावना बलियो देखाएको छ। अधिकांश मतदान केन्द्रको मतगणना सम्पन्न हुँदा नेसनल पार्टीले ४२ सिट प्राप्त गरेको छ भने लेबर पार्टी ३६ सिटसहित दोस्रो स्थानमा छ। पार्टीगत मत प्रतिशतमा भने दुवै दलले समान २९.३ प्रतिशत मत प्राप