काठमाडौं : शनिबार राति जापानमा ५.७ म्याग्निच्युडको भूकम्प गएको छ। भूकम्पबाट कम्तिमा २२ जना घाइते भएका छन्। धेरै पसलका झ्यालहरू फुटेका छन्। शक्तिशाली भूकम्पका कारण मानिसहरू आफ्नो घर र भवनहरूबाट भाग्न बाध्य भएका थिए।जापान मौसम विज्ञान एजेन्सीका अनुसार भूकम्पको केन्द्रबिन्दु शिजुओका प्रिफेक्चरमा जमिनबाट ४० किलोमिटर मुनि थियो भने सबैभन्दा शक्तिशाली भूकम्प आइची प्रिफेक्चरमा महशुस गरिएको थियो।नोभेम्बर १ मा ६ म्याग्निच्युडको भूकम्प र नोभेम्बर ७ मा ५.६ म्याग्निच्युडको भूकम्पपछि यो महिना जापानमा आए