दरबारमार्गस्थित लिक्विड लाउन्ज बारमा आगलागी

  • आइबार​ २३ कात्िक २०८३ १२:०० PM
काठमाडौं : काठमाडौंको दरबारमार्गस्थित महेन्द्र शालिक नजिकै रहेको लिक्विड लाउन्ज बारमा आगलागी भएको छ। काठमाडौं प्रहरी परिसरका अनुसार आगो नियन्त्रणमा लिने प्रयास भइरहेको छ।आगलागीबाट मानवीय क्षति नभएको प्रहरीले जनाएको छ। दमकल र सुरक्षाकर्मीले आगो नियन्त्रणका लागि प्रयास गरिरहेका छन्। आगलागीको कारण र क्षतिको विस्तृत विवरण भने खुल्न सकेको छैन।