चारआली, झापा- लोकप्रिय नेपाली लोकरक ब्यान्ड नेपथ्यको कन्सर्टमा शनिबार झापाको चारआलीमा हजारौँ दर्शक सहभागी भएका छन्। कार्यक्रम सुरु हुनुभन्दा दुई घण्टाअघि नै सबै टिकट बिक्री भइसकेको आयोजकले जनाएको थियो। चारआलीस्थित हातेमालो सामुदायिक वनको खेलमैदानमा आयोजित कन्सर्टमा झापासहित पूर्वी नेपालका विभिन्न जिल्ला र छिमेकी भारतबाट समेत सङ्गीतप्रेमी आएका थिए। चारआली जेसीस र बज्र इभेन्टको संयुक्त आयोजनामा