काठमाडौं : काठमाडौं महानगरपालिका–३ स्थित बसुन्धरामा कारले स्कुटरलाई ठक्कर दिँदा पछाडि सवार एक महिलाको मृत्यु भएको छ।मृत्यु हुनेमा दोलखा घर भई काठमाडौं महानगरपालिका–३ बस्दै आएकी २७ वर्षीया ङबुदि शेर्पा श्रेष्ठ रहेकी छन्।नारायणगोपाल चोकबाट सामाखुसीतर्फ जाँदै गरेको बा.प्र. ०१–०२७ च ९७३६ नम्बरको कारले चक्रपथतर्फ आउँदै गरेको बा.प्र. ०२–०६४ प ८९७५ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो। कारको ठक्करबाट गम्भीर घाइते भएकी श्रेष्ठलाई तत्काल उपचारका लागि बसुन्धरास्थित ग्रिनसिटी अस्पताल