काठमाडौं । स्वर्गीय सुब्बा नन्द प्रसाद तुम्खेवाको जीवन, व्यक्तित्व र योगदान समेटिएको संस्मरण ग्रन्थ विमोचन गरिएको छ। नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्व उपकुलपति एवं प्राज्ञ बैरागी काइँलाले कार्यक्रममा ग्रन्थ विमोचन गरेका हुन्। सञ्चारिका समूहकी पूर्व अध्यक्ष विमला तुम्खेवाले सम्पादन गरेको ग्रन्थ उनका छोरा भुवनजित लिम्बूले प्रकाशन गरेका हुन्। पुस्तकमा तुम्खेवाको जीवनयात्रा, अनुभव, विचार तथा शैक्षिक, सामाजिक, राजनीतिक र साहित्यिक क्षेत्रमा उनले पुर्याएको योगदान समेटिएको छ। ग्रन्थमाथि टिप्पणी गर्दै समाजशास्त्री डा