काठमाडौँ । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले गृहमन्त्री रवि लामिछानेलाई राजीनामा दिन आग्रह गरेका छन्।
प्रतिनिधिसभामा शुक्रबार आकस्मिक समयमा बोल्दै पौडेलले सहकारी प्रकरणमा जोडिएका लामिछानेमाथि नैतिकता देखाउन आग्रह गर्दै राजीनामा दिन भनेका हुन् ।
अनुसन्धानको घेराभित्रै रहेका गृहमन्त्रीले सहकारी पीडितहरुको माग कसरी सम्बोधन गर्नसक्छ भनेर उनले प्रश्न समेत गरे। पीडितहरुको विश्वास जित्न नसकेको सरकारले वित्तिय संकटलाई समाधान गर्न नसक्ने उनको भनाइ छ।
उनले भने, ‘मेरा मित्र रवि लामिछाने स्वंय सहकारी प्रकरणमा जोडिनुभएको छ। उहाँ आफैँ गृहमन्त्री भएपछि अनुसन्धान कसरी हुन्छरु त्यसै लामिछानेले राजीनामा दिएर नैतिकता देखाउनुस ।’