उखु किसानहरूको आन्दोलन फेरि जाग्यो, आजबाट माइतीघरमा धर्ना !

काठमाडौँ - उद्योगीले उखु किसानको रकम भुक्तानी नगरेको भन्दै कपिलवस्तु किसान संघ तथा उखु किसान संघर्ष समितिले फेरी काठमाडौंको माइतीघरमा धर्ना दिएका छन् ।

आर्थिक बर्ष २०७१र७२ मा सरकारले रू २५ प्रति क्विन्टल अनुदान उखु किसानलाई दिने निर्णय गरेपनि हालसम्म नपाएको भन्दै अनुदान रकम असुल उपर गराई कारवाही गर्न माग गर्दै उनीहरुले धर्ना दिएका हुन् ।