काठमाडौं । डीपी अर्यालले सभामुख र उपसभामुख अनुपस्थित हुँदा प्रतिनिधि सभाको बैठक सञ्चालन गर्न सात सदस्य मनोनित गरेका छन् । सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा सभामुख अर्यालले उक्त जानकारी गराएका हुन् । मनोनित हुने सदस्यहरूमा कामिनी कुमारी, गंगालक्ष्मी अवाल, ताहिर अलि भाट, पूर्णप्रसाद लिम्बू, बलावती शर्मा, मिङमा ग्याबु शेर्पा र यज्ञबहादुर बोगटी रहेका छन् । The post सभामुख र उपसभामुख अनुपस्थित हुँदा सभा सञ्चालन गर्न सदस्य मनोनित appeared first on Butwal Today.