९ अंकले घट्यो नेप्से, कति भयो कारोबार?

काठमाडाैं । साताको अन्तिम कारोबार बिहीबार नेप्से परिसूचक सामान्य अंकले घटेको छ ।यो दिन नेप्से परिसूचक ९.२२ अंकले घटेर २ हजार ७५७.९७ विन्दुमा आइपुगेको छ । नेप्से परिसूचक घट्दा कारोबार रकम पनि सुस्ताएको छ ।  धितोपत्र र ऋणपत्रगरी कारोबारमा आएका ३१९ कम्पनीको १ लाख ६८ हजार कित्ता शेयर किनबेचहुँदा ५ अर्ब२ करोड रुपैयाँको कारोबार भएको छ ।

यो दिन जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था, सयपत्री हाइड्रो पावर,रिलायबल समृद्धि योजनाको शेयर मूल्य ४.२१ प्रतिशतदेखि ४.६५ प्रतिशतले घटेको छ । 

यो दिन विकास हाइड्रो पावर कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेर सकरात्मक सर्किट लागेको छ भने सामुदायिक लघुवित्त वित्तीय संस्था, मुक्तिनाथ ऋणपत्र,रसुवागढी हाइड्रोपावर कम्पनीको शेयर मूल्य २.४१ प्रतिशतले बढेको छ ।