काठमाडौँ । संस्थागत विद्यालयहरुबाट प्रदान हुने कक्षा ११ र १२ को छात्रवृत्तिका लागि काठमाडौँ महानगरपालिकाले आज छनोट परीक्षा सम्पन्न गरेको छ । ८३ वटा केन्द्रमा आज विहान ८ बजेदेखि १० बजेसम्म परीक्षा सञ्चालन भएको हो । परीक्षाका लागि अनलाइन प्रणालीबाट आवेदन दिने १६ हजार ५४९ जना छात्र र १० हजार ३३३ जना छात्रा र ६ जना अन्य गरी २६ हजार ८८८ जना विद्यार्थीमध्ये २६ हजार ६०३ जना विद्यार्थीको आवेदन स्वीकृत भएको थियो । स्वीकृत आवेदकमध्ये २२ हजार १६ जना अर्थात् ८२