नयाँ प्रतिनिधिसभा नियमावलीअनुसार १५ सदस्यीय कार्यव्यवस्था परामर्श समिति गठन

  • बुधबार २७ जेठ २०८३ ०१:४७ PM
काठमाण्डु – प्रतिनिधि सभाको नयाँ नियमावलीअनुसार कार्यव्यवस्था परामर्श समिति गठन गरिएको छ । बुधबारको प्रतिनिधिसभा बैठकमा सभामुख डोलप्रसाद अर्यालले कार्यव्यवस्था परामर्श समितिमा सदस्य मनोनित गरिएको जानकारी दिएका हुन् । नयाँ नियमावलीमा १५ सदस्यीय कार्यव्यवस्था परामर्श समिति हुने व्यवस्था छ । यसअघि प्रतिनिधि सभाको २०७९ को नियमावलीका आधारमा २१ सदस्यीय कार्यव्यवस्था परामर्श समिति गठन गरिएको थियो