राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक प्रतिनिधि सभामा प्रस्तुत

  • बुधबार २७ जेठ २०८३ ०१:३० PM
काठमाडौँ । नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक, २०८३ प्रतिनिधि सभामा प्रस्तुत गरिएको छ । प्रतिनिधि सभाको बुधवारको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उक्त विधेयक प्रस्तुत गरेका हुन् । विधेयक प्रस्तुत गर्दै अर्थमन्त्री वाग्लेले नेपालको अर्थतन्त्रको दिगो विकासमा सहयोग र्पुयाउने उद्देश्यले मूल्य तथा शोधनान्तर स्थिरता कायम राखी समग्र वित्तीय क्षेत्रको स्थायित्व सुदृढ गर्न विधेयक ल्याइएको