पहिरोले कर्णाली करिडोर खण्ड अवरुद्ध, ३ सय बढी यात्री अलपत्र

  • बिहीबार २८ जेठ २०८३ १०:०० AM
कालीकोट :  मंगलबार रातिदेखि भइरहेको भीषण वर्षाका कारण पहिरो खस्दा कर्णाली करिडोरको कालीकोट खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। कालीकोटको नरहरिनाथ गाउँपालिका–१ स्थित लालीघाटदेखि अँधेरी खोलासम्मका विभिन्न स्थानमा पहिरो खसेपछि सडक यातायात ठप्प भएको हो।जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी नायव उपरीक्षक (डीएसपी) हिमबहादुर खत्रीका अनुसार मंगलबार रातिको वर्षाले लालीघाटदेखि भौतेकुना, सान्नीत्रिवेणी गाउँपालिकाको रेगिंल खण्ड र पचालझरना गाउँपालिकाको घाटपारी खण्डमा पहिरो खसेको छ।सडक अवरुद्ध भएपछि