एजेन्सी । थाइल्याण्डका पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्रा शाही माफीपछि पूर्ण रूपमा जेलमुक्त भएका छन् । थाइल्याण्डको कारागार विभागले सिनावात्राको प्रोबेसन (परीक्षण) अवधि समाप्त भएको र उनलाई लगाइएको इलेक्ट्रोनिक मनिटरिङ उपकरण (ईएम ट्याग) समेत हटाइएको पुष्टि गरेको हो । कारागार विभागद्वारा जारी विज्ञप्तिअनुसार, सिनावात्रा गत मे ११ देखि चार महिना एक दिनको अवधिका लागि प्रोबेसनमा रहेका थिए