काठमाडौं : प्राकृतिक सुन्दरतासँगै सांस्कृतिक सम्पदाले सम्पन्न मुलुकका रूपमा चिनिन्छ– नेपाल। संघीय राजधानी रहेको काठमाडौं उपत्यका त विश्वमै जीवित सांस्कृतिक संग्रहालयका रूपमा परिचित छ। मन्दिर, चैत्य, विहार, दरबार, पाटीपौवा र ऐतिहासिक बस्तीहरूले यहाँको सभ्यता, संस्कृति र इतिहासलाई पुस्तौंदेखि जीवन्त राख्दै आएका छन्। उपत्यकाभित्र इस्वी संवत् ४६४ मा निर्माण भएको लिच्छवीकालीन चाँगुनारायण मन्दिरदेखि पाँचौं शताब्दीमा निर्माण भएको बौद्धनाथ स्तूपा छ। २५ सय वर्षभन्दा पुरानो स्वयम्भूनाथ स्त