करमा बदमासी गरेको प्रमाणित भए सार्वजनिक जीवन नै त्यागिदिन्छु : अर्थमन्त्री डा. वाग्ले

  • बिहीबार २८ जेठ २०८३ ०५:५२ AM
काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले विद्युतीय गाडीमा सूचना चुहावट गरेको भन्ने आरोप पुष्टि गर्न चुनौती दिएका छन् ।  बिहीबार संसद्को सार्वजनिक लेखा समितिमा आयोजित छलफलमा बोल्दै उनले यस्तो चुनौती दिएका हुन् ।  नैतिकताको उच्च कडीमा उभिएर बनाएको छवि धमिल्याउन नियोजित रूपमा मानिसहरू लागेको र  बदनाम गर्ने प्रयास गरेको भन्दै उनी समितिमा भावुक सुनिएका थिए ।