काठमाडौं : सूचना र विज्ञापनसम्बन्धी विभेदकारी एवं स्वेच्छाचारी सरकारी निर्णय खारेजीको माग गर्दै नेपाल पत्रकार महासंघ देशव्यापी आन्दोलनमा छ। बुधबारमात्रै देशैभरका शाखाले जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना दिएका छन्।महासंघले पहिलो चरणको देशव्यापी आन्दोलनसँगै सरकारसँग संवाद पनि जारी राखेको छ। तर, सरकारको प्रतिक्रिया सुखद छैन। व्यावसायिक सञ्चार माध्यमलाई हेर्ने सरकारको दृष्टिकोण सकारात्मक नपाएपछि महासंघले आन्दोलनको दायरा विस्तार गर्ने गृहकार्य गरेको छ। सरकारको कदम पत्रकारिता क्षेत्रको मात