सांसद बोल्ने, सरकार नसुन्ने परम्परा अन्त्य हुनुपर्छ: सांसद आचार्य

  • बिहीबार २८ जेठ २०८३ ०७:०१ AM
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विपिनकुमार आचार्यले सांसद बोल्ने, सरकार नसुन्ने र जनता कराउने तर व्यवस्था नसुन्ने परम्पराको अन्त्य हुनुपर्ने बताएका छन् । बिहीबार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले सांसदहरूले शून्य समयमा उठाएका विषयहरू कार्यान्वयनमा नलगेकोप्रति असन्तुष्टि जनाउँदै ‘शून्य समय’ लाई ‘ब्ल्याक होल समय’ भन्नुपर्ने टिप्पणी गरे ।