काठमाडौँ । विश्व फुटबलको महाकुम्भ – फिफा विश्वकप २०२६ बिहीबार मध्यरातबाट सुरु हुँदै छ । १०४ खेल, ४८ टोली र १६ आयोजक सहर । जुन ११ मा मेक्सिकोबाट सुरु भएर जुलाई १९ मा न्यूयोर्कमा समापन हुने विश्वकपमा यसपालि केही स्टार खेलाडीहरूलाई फुटबल समर्थकले मिस गर्नेछन् । लियोनल मेसीको ‘म्याजिकल फिट’, कृस्टियानो रोनाल्डोको ‘एक्रोब्याटिक फिनिसेज’, विंगर