काठमाडौं महानगर कप वडा स्तरीय ब्याडमिन्टन असार दोस्रो साता , विजेताले ४० हजार सम्म पुरस्कार पाउने

  • बिहीबार २८ जेठ २०८३ ०६:३६ AM
ललितपुर –काठमाडौं महानगर कप वडा स्तरीय ब्याडमिन्टन प्रतियोगिता २०८३’ असार दोस्रो साता हुने भएको छ। काठमाडौं महानगरपालिका र काठमाडौं जिल्ला ब्याडमिन्टन संघको संयुक्त आयोजनामा हुने प्रतियोगिता असार १२ देखि १४ गतेसम्म काठमाडौं–१५ स्थित एनओसी भूकम्प स्मृति कभर्ड हल, डल्लु आवासमा सञ्चालन हुनेछ। नेपाल ब्याडमिन्टन संघको प्राविधिक सहयोगमा हुने प्रतियोगितामा महानगरका ३२ वटै वडाका खेलाडीहरुले प्रतिस्पर्धा गर्नेछन् । नितान्त काठमाडौंकै खेलाडी उत्पादन गर्ने उदेश्यले आयोजना गरिएको प्रतियोगिताले खेल मात्रै नभएर सामाजिक सद्भाव र भाइचाराको वातावरण समेत मजबुद पार्ने लक्ष्य लिइएको काठमाडौं जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष दीपक थापाले बताए । काठमाडौंमा हालसम्मकै सबैभन्दा ठूलो सामुदायिक ब्याडमिन्टन ... The post काठमाडौं महानगर कप वडा स्तरीय ब्याडमिन्टन असार दोस्रो साता , विजेताले ४० हजार सम्म पुरस्कार पाउने appeared first on Kalika Khabar.