जंगलमै शिविर राखेर गरिन्छ भिरमौरीको मह सिकार

  • बिहीबार २८ जेठ २०८३ ०२:०० PM
गोरखा : धार्चे गाउँपालिका—४ लाप्राकका युवाहरू केही दिनदेखि रासनपानी, ओढ्ने–ओछ्याउने बोकेर लेकतिर पुगेका छन्। उनीहरूको नेतृत्व स्थानीय गोठ समिति र वन समितिहरूले गरेका छन्। उनीहरू दिनभिर भिर, पहरामा झुन्डिएर मह काढ्छन्। दामासाहीले मह बाँड्छन् अनि साँझ परेपछि क्याम्पमा गएर बास बस्छन्। भोलिपल्ट फेरि उही कार्यक्रम दोहोरिन्छ।उत्तरी गोरखाका विभिन्न भिर पहरामा यतिबेला भिरमौरीको मह सिकार गर्ने सिजन सुरु भएको छ। लाप्राकमात्र होइन, धार्चे गाउँपालिका— १ को हुल्चुक, वडा नं. २ को र