सङ्घीय संसद् प्रतिनिधि सभा अन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिको बैठकले अख्तियार दुरुपयोग अनुसन्धान आयोग तथा कारागारहरूको संयुक्त स्थलगत अनुगमनलाई प्राथमिकता दिँदै सुशासन, जवाफदेहिता र नियन्त्रण प्रणालीलाई थप प्रभावकारी बनाउने निर्णय गरेको छ। समितिका सभापति हरि ढकालको अध्यक्षतामा बसेको बैठकमा लागू औषध नियन्त्रण, गृह मन्त्रालयको कार्यसम्पादन तथा विभिन्न निकायहरूको प्रगति प्रतिवेदनमाथि विस्तृत छलफल भएको थियो।