भारत भ्रमण उपलब्धिमूलक रह्यो : परराष्ट्रमन्त्री

  • बिहीबार २८ जेठ २०८३ १०:०० AM
काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले छिमेकी मुलुक भारतको हालैको भ्रमणका अवसरमा द्विपक्षीय सम्बन्धका विविध आयाममा उपलब्धिमूलक छलफल भएको बताएका छन् । राष्ट्रियसभाको आजको बैठकमा यही जेठ २२ देखि २४ गतेसम्म गरिएको आफ्नो औपचारिक भारत भ्रमणबारे जानकारी दिँदै उनले दुईपक्षीय वार्तामा व्यापार तथा आर्थिक सहकार्य, ‘कनेक्टिभिटी’, ऊर्जा साझेदारी, जलस्रोत व्यवस्थापन तथा खेलकुदलगायत जनस्तरीय सम्बन्ध सुदृढीकरणका विषयमा