काठमाण्डु- ओमान तट नजिक संयुक्त राज्य अमेरिकाले प्रहार गरेको व्यापारिक जहाजमा सवार तीन भारतीय नाविकको मृत्यु भएको भारतका जल यातायात मन्त्री सर्वानन्द सोनोवालले पुष्टि गरेका छन् । उक्त घटनाले भारतीय चालक दलको सुरक्षाबारे गम्भीर चिन्ता थपिएको छ । मन्त्री सोनोवालका अनुसार पलाउको झण्डा बोकेको एमटी सेटेबेलो नामक जहाजमा भएको आक्रमणपछि बेपत्ता भनिएका तीन भारतीय नाविकलाई