काठमाण्डु– परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को ‘नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको रहेछ’ भन्ने अभिव्यक्तिबारे राष्ट्रिय सभामा पनि प्रष्टीकरण दिएका छन् । मन्त्री खनालले बिहीबार राष्ट्रिय सभा बैठकमा प्रधानमन्त्रीको भनाइको बचाउ गर्दै जवाफ दिएका हुन् । प्रधानमन्त्रीले १७ जेठमा प्रतिनिधिसभामा दिएको उक्त अभिव्यक्तिप्रति माफी माग्नुपर्ने र संसदको अभिलेखबाट हटाइनुपर्ने माग राखेर