विश्वकप २०२६ : बहिष्कृत उत्कृष्ट प्लेइङ ११

  • बिहीबार २८ जेठ २०८३ ०४:०० PM
काठमाडौं : विश्व फुटबलको महाकुम्भ फिफा विश्वकप २०२६ बिहीबार मध्यरातिबाट सुरु हुँदैछ । १०४ खेल, ४८ टोली र १६ आयोजक शहर । जुन ११ मा मेक्सिकोबाट सुरु भएर जुलाई १९ मा न्यूयोर्कमा समापन हुने विश्वकपमा यसपाली केही स्टार खेलाडीहरुलाई फुटबल समर्थकले मिस गर्नेछन् ।लियोनल मेसीको ‘म्याजिकल फिट’, त्रिस्टियानो रोनाल्डोको ‘एक्रोब्याटिक फिनिसेज’, विंगर लामिन यामलको त्यो जादु र किलियन एम्बाप्पेको त्यो स्पीड ।यसपालीको विश्वकपमा पनि स्टार खेलाडीको मनोरञ्जनमा कत्ति पनि कमि महसुस हुने छैन ।