स्याङ्जा : चापाकोट नगरपालिका–४ मल्याङकोटमा भएको ट्रिपर दुघटना हुँदा एक जनाको मृत्यु र एक जना घाइते भएका छन् । सडक निर्माणका लागि बालुवा बोकेर जाँदै गरेको ट्रिपर उकालो चढ्दै गर्दा चिप्लिदा एक सय मिटर तल खसेको प्रहरीले जनाएको छ । बुधबार साँझ चापाकोट –४ पुम्दीस्थित मल्याङकोटबाट घुर्लीचौरतर्फ जाँदै गरेको ग १ क ४४४६ नम्बरको ट्रिपर उकालो सडकमा चिप्लिँदा ट्रिपरमा सवार म्याग्दीको मालिका गाउँपालिका –५ निवासी २३ वर्षीय तिलक परियार गम्भीर घाइते भएको र उपचारका क्रममा गह्रौं प्राथमिक स