एभरेष्ट बैंकद्वारा नेपाल - भारत क्रस बोर्डर रियल-टाइम (पीटुपी) रेमिट्यान्स सेवाको थालनी

  • बिहीबार २८ जेठ २०८३ ०५:०१ PM
काठमाडौं : हालै सम्पन्न नेपाल-भारत अन्तरदेशीय फन्ड ट्रान्सफर (पीटुपी) सम्झौतासँगै, एभरेष्ट बैंक लिमिटेड (EBL) ले आफ्नो मोबाइल बैंकिङ एप “EBL Touch 24“ मार्फत नेपाल र भारतबीच ‘रियल-टाइम क्रस बोर्डर (पीटुपी) रेमिट्यान्स सेवा' लाई औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ। यस नवीन डिजिटल सेवासँगै अब दुवै देशका नागरिकहरूले अत्यन्तै छिटो, सरल र सुरक्षित रूपमा तत्काल रकम आदानप्रदान गर्न सक्नेछन्।नयाँ व्यवस्थापन अनुरूप यस सेवामार्फत रकम स्थानान्तरणका लागि निश्चित सीमाहरू निर्धारण गरिएका छ