काठमाडौं । हिमालयन रि–इन्सुरेन्स घोटाला प्रकरणमा हिमालयन रि इन्सुरेन्स कम्पनी, हिमालयन लाइफ इन्सुरेन्स कम्पनी लगायतलाई नोक्सानी पुर्याएपछि क्षतिपूर्तिको माग दाबीसमेत लिई बिहीबार अदालतमा मुद्दा दायर भएको छ । विवादित व्यवसायी दीपक भट्ट, व्यवसायीहरु सुलभ अग्रवाल, शेखर गोल्छासहित ८१ जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको हो । नेपाल धितोपत्र बोर्डको जाहेरी र प्रहरीको अनुसन्धान प्रतिवेदनका