काठमाडौं : अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासनको निर्मम एजेण्डा बोकेर अघि बढेको सरकारले जनतालाई धोका दिन नसक्ने बताएका छन्।बिहीबार प्रतिनिधिसभा बैठकमा राजश्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री वाग्लेले आफूलाई केहीले 'व्यापारी पोस्यो' भन्ने आरोप लगाएको भन्दै सुशासनको कठोर कटिबद्धतालाई जनताले अनुमोदित गरेको दुई महिनामा धोका दिन नसक्ने बताए। उनले सांसदहरूले आफ्नो गरिमा आफैं राख्नुपर्ने बताए।आफूले दुई रुपैयाँमात्रै बदमासी भएको पुष्टि भए सार्वजनिक जीवन