काठमाडौं : नेपाली फुटबलका पूर्व कप्तान राजुकाजी शाक्यले यसपटकको विश्वकप रोनाल्डोले जित्नुपर्ने बताएका छन्। अन्नपूर्ण स्पोर्ट्स रङ्गशालामा उनले क्रिस्टियानो रोनाल्डो नेतृत्वको पोर्चुगलले जितिदिए हुने बताएका हुन्।त्यसो त उनी ब्राजिलका समर्थक हुन्। फुटबलको सुरुवाती करियरबाट नै उनी ब्राजिललाई पछ्याउँदै आएका छन्। धरानको घरेलु फुटबलबाट राष्ट्रिय टिमसम्म आइपुग्दा उनको पहिलो रोजाइ ब्राजिल बनेको हो। तर उनी भन्छन्, ‘रोनाल्डोको मेहनत र नामअनुसार उसले पनि एउटा विश्वकपको उपाधि जितिदियोस् भन्ने कामना छ।