सरकार ! मल कहिले आउँछ ?

  • शुक्रबार​ २९ जेठ २०८३ १०:०० AM
असार लाग्नु भनेको रोपाइँको सिजन सुरु हुनुमात्र होइन, मल खोज्ने राष्ट्रिय अभियानको शुभारम्भ पनि हो। खेतमा किसान, सडकमा ट्र्याक्टर, कृषि कार्यालयमा लाइन र मन्त्रालयमा बैठक—यही हो हाम्रो कृषि व्यवस्थाको वार्षिक उत्सव। किसानलाई अब मल अभाव कुनै समस्या लाग्न छाडेको छ। किनकि समस्या भनेको कहिलेकाहीँ आउने कुरा हो, तर नेपालमा मल अभाव त परम्परा नै भइसकेको छ। दसैंमा टीका लगाइन्छ, तिहारमा देउसी खेलिन्छ, अनि असारमा किसान मलको लाइनमा बसेर मल अभावको उत्सव मनाउँछन्। राष्ट्रिय संस्कृतिमध्ये यो पनि एक भएको छ