एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीवार धितोपत्र तथा विनिमय आयोगका पूर्वअध्यक्ष जे क्लेटनलाई नयाँ राष्ट्रिय गुप्तचर निर्देशकको रूपमा मनोनीत गरेका छन् । यसअघिका उम्मेदवारले संसद्का दुवै दलको तीव्र विरोध सामना गर्नुपरेपछि क्लेटनलाई यो जिम्मेवारीका लागि अघि सारिएको हो । क्लेटन कानुन व्यवसायी संस्था सुलिभान एण्ड क्रोमवेलका पूर्वप्रमुख हुनुका साथै न्युयोर्कको दक्षिणी जिल्लाका लागि वर्तमान