काठमाडौँ। सरकारले गरेको विभेदकारी सूचना विज्ञापन सम्बन्धी निर्णय खारेज गर्न तथा प्रेस स्वतन्त्रताको रक्षा गर्न माग गर्दै नेपाल पत्रकार महासङ्घ काठमाडौँ शाखाले दबाबमूलक धर्ना कार्यक्रम सुरु गरेको छ। नेपाल पत्रकार महासङ्घको केन्द्रीय सर्कुलरअनुसार बबरमहलस्थित सडक विभाग परिसर बाहिर ब्यानर र प्लेकार्डसहित धर्ना कार्यक्रम सञ्चालन गरिएको हो। नेपाल पत्रकार महासङ्घ काठमाडौँ शाखाका अध्यक्ष शोभा अर्यालको नेतृत्वमा