काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) कि सांसद खुश्बु ओलीले परराष्ट्रमन्त्री शिशिर खनालले आफ्नो भारत भ्रमणमा नेपाल–भारत सीमा विवादको कुरा औपचारिक रुपमा कहिँ नउठाएको आरोप लगाएकी छिन् । प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै सांसद ओलीले नेपाली पक्षले निकालेको प्रेस नोटमा सीमा विवादबारे एक शब्द पनि ननिकालिएको बताइन् ।उनले भ्रमण सकिएपछि दिल्लीमा परराष्ट्रमन्त्रीले बन्द कोठामा केहि कुरा उठाएको बताइन् । उनले परराष्ट्रमन्त्री काठमाडौं फर्किएपछि एउटा प्रेस नोट दिएको भए पनि त्यसमा पनि स